जुवाको खालबाट ठूलो रकम बरामद



काठमाडौं, (नेस)। गोकर्णेश्वर नगरपालिका–९ आरुबारी सिमलटार बस्ने रमेश तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका– १२ घर भएका राजकुमार गुरुङसमेत २१ जनालाई नगद १८ लाख ९२ हजार रुपियाँ र ९ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। लामो समयदेखि तामाङको घरमा जुवा खेलाउने गरेको सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो।

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–१० बस्ने कृष्ण बहादुर क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्णबहादुर समेत ५ जनालाई नगद १६ हजार १ सय ६५ रुपियाँ र ३ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्