काठमाडौं फर्किए पूर्वराजा ज्ञानेन्द्र

0
Shares

न्युज अफ नेपाल, काठमाडौ । करिब एक महिना अघि थाइल्याण्ड भ्रमणमा जानुभएका पुर्वराजा ज्ञानेन्द्र नेपाल फर्किनुभएको छ । उहासंगै पत्नी कोमल र बुहारी हिमानी नेपाल फर्किनु भएको छ ।

गएको साउन २३ गते नातिनी भेट गर्न भन्दै थाइल्याण्ड पुग्नुभएका ज्ञानेन्द्र मध्यान्ह १२ बजेर १० मिनेट जादा विमानस्थल पुग्नुभएको थियो ।

उहासंगै निजी सचिव सागर तिमल्सिना कोमल र हिमानीका निजी सचिव फर्किनुभएको थियो ।

पुर्व राजपरिवारलाई स्वागत गर्न युवा विश्वहिन्दु महासंघका अध्यक्ष राजन महर्जन सहितको टोली त्रिभुवन विमान्थल पुगेका थिए ।

पुर्वराजाका तीन परिवार विमानस्थलमा आउनासाथ पुर्वराजावादीले नेपाली झण्डा सहित स्वागत गरेका थिए ।