काठमाडौँ ।
सम्भावित भारी वर्षा, चट्याङ र हुरीबतासका कारण बाढीपहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
कात्तिक १२ देखि १४ गतेसम्म हुन सक्ने सम्भावित विपद्लाई ध्यानमा राख्दै एकाइले स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी र प्रतिकार्यका कामलाई तीव्रता दिन आग्रह गरेको हो।
एकाइले आकस्मिक चिकित्सकीय टोली तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न, औषधि र स्वास्थ्य सामग्रीको मौज्दात अद्यावधिक गर्न तथा एम्बुलेन्स सेवाको सहज परिचालन सुनिश्चित गर्न निर्देशन दिएको छ।
त्यस्तै, विपद्सम्बन्धी घटनाको विवरण दैनिक रूपमा पठाउन र सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन पनि आग्रह गरिएको छ।











प्रतिक्रिया