केही वर्षयतादेखि दशैँमा चमक हराउँदै आएको छ । खेत बाँभैm छन्, अन्न आयात छ, गाईगोठहरु खाली छन्, रासायनिक मल आयात छ, त्यो पनि अपर्याप्त । घरमा पहिले बाबुआमा कुरिन्थ्यो, अहिले उल्टो छ, सन्तान कुरिन्छ तर आउँदैन, खाडीमा छ । खसी सिङ्गै ढालिन्थ्यो दशैँमा, त्यो पनि आप्mनै खोरको, छैन अहिले, २ किलो मासु ल्याएर टार्नुपर्ने, त्यो पनि मिसावटी र महँगा । भाउ बेसाहा त कुनै सहज भएन । लिंगेपिङ, रोटेपिङ पनि भएन, घर लिपनपोतन पनि भएन, अर्काको घरमा बसेको, भाडै पनि तिर्न सकिएन, घरबेटी पनि विदेशमा, तै बचियो, दशैँमा कराएको सुनिएन ।
भोटेकोशीले ठहरै पारेको नेपालीलाई बूढी गण्डकीले बाँकी धुकधुकी नै लग्यो । सिंहदरबार जलेको वार्षिकी, यो दशैँ उत्तरी नाका ध्वस्त भएको यो दशैँ, भेडाच्याङ्ग्राहरु उतै हिमाली भेगमा अल्मलिएका, बाटो नपाएर ज्यान जोगाएको यो दशैँ । महाअष्टमीकै चौबीस घण्टामा करिब एक दर्जन दुर्घटनामा परेर जीवन निमिट्यान्न भएको यो दशैँ । ३० खर्ब राष्ट्रऋण माथि पुगेर विप्रेषणले भरिएको यो दशैँ । मन सुकिलो नभए पनि नोट सुकिलो वितरण गरिएको यो दशैँ । वर्षमा आएको ठूलो चाड हर्षश्री देखिनुपर्ने दशैँ, बाँचेकाहरुका आँखामा आँसुले भरिएको यो दशैँ । खपिनसक्नु दशैँ । हँुदा खानेको बेहाल बनाएको यो दशैँ, राजनीतिकर्मीहरु नै सुकिलामुकिला भएको दशैँ । कोजाग्रतमा चियापान नगरिएको दशैँ । धेरैलाई दसा भएको यो दशैँ, कारुणिक दशैँ त्रियासीको दशैँ ।
रौद्र नामको संवत्सरले रौद्ररुप देखाएको दशैँ । दुई महिने दशैँ, शुक्र अस्तको दशैँ । शुरु घटस्थापनामै विवादित दशैँ– चित्रा र वैधृति योगको अशान्तिको दशैँ । दशैँ नमान्नेहरुका लागि भरपूर मसला प्राप्त दशैँ । एघारदिने जमराको दशैँ । मौसम प्रतिकूल दशैँ । होनाहार युवाहरु स्वदेशमा नभएको दशैँ । फोटोमा टिका लगाइएको दशैँ, खल्लो दशैँ, धानको बालासहित पूmलपाती भित्र्याउन नपाएको दशैँ । हर्ष, विजय, उत्साह र उमंग नदेखिएको दशैँ । करको मारले सताइएको दशैँ । पूर्वाधार गल्दै गरेको दशैँ । सामाजिक सञ्जालहरुमा फोहोर कुराहरु व्यक्त दशैँ । रातरातै कारागारहरु सारिएको दशैँ । बैंक, सहकारीहरुमा ब्याज नभएको दशैँ ।
रोजगारीको अभावले आयस्रोतविहीन नेपालीहरु बढ्दै गएर बजार धान्न नसकिएको दशैँ । संसद् र प्रशासनमा पास नहुने निजामती विधेयक पेस भएको दशैँ, कर्मचारीहरु त्रसित भएको दशैँ, सुनसान दशैँ । बिदाको एक दिनअघि सिंहदरबारतिर पाइला चलाउँदा चरो–मुसो नभेटिएको दशैँ । सुशासन सुगा रटाइ भएकोे दशैँ । खुशी खोसिएको दशैँ । त्रासदीय दशैँ । बडो नमज्जाको दशैँ, विपत् क्षेत्रहरु घोषित भएको दशैँ । जनयुद्धकालमा खुशी खोसिएभैmँको दशैँ । प्राकृतिक मात्र नभएर मानवनिर्मित घटना विशेषले कहाली लाग्दो दशैँ । ग्यास नपाइएको दशैँ । शुभकामनाको साटो ना हटाएर शुभ कामको शुभाशीष नदिइएको दशैँ । रुँदा–रुँदा कसैले आँसु नपुछिदिएको दशैँ । अभिभावक भनिएको सरकारले घाउमा मलम लगाउनुको साटो बिजुलीमा भ्याट लगाएको दशैँ । स्वास्थ्य बिमा कटौतीको दशैँ । भरमार समस्याहरु तेस्र्याएर अब स्वास्थ्य बिमामा पनि एनआईडी खोज्दै गरेको सूचना हालिएको दशैँ । यातायातमा ठेलमठेलको दशैँ । दशैँभरि सार्वजनिक सरकारी गाडीहरुबाटै यात्रु आवागमन नगराइएको दशैँ ।
अचम्मको दशैँ । बलि खाएर सरकारी साधन ग्यारेजमा बसेका, गाउँ जान सर्वसाधारणलाई तेब्बर–चौबर भाडा लिइएको दशैँ । हवाई भाडा पनि अति भएको दशैँ । समग्रमा सर्वसाधारणले भारको रुपमा लिइएको दशैँ । कालोबजारी गर्नेहरुलाई सुलभ दशैँ । खाद्य स्वच्छता केवल सिंहदरबारको साइनबोर्डमा रहेको दशैँ । बिरामीले अस्पतालहरु भरिएको दशैँ, तैपनि ओपीडीहरु नखुलेको दशैँ । व्यापारीभन्दा कडा रुपमा प्रस्तुत भएका निजी अस्पताल र मेडिकल कलेजहरुलाई भरमार पैसा असुल्न सहज भएको दशैँ । धन्नको दशैँ, यस्तो दशैँ त नआएकै राम्रो । मौलिक पक्षलाई गुमाएको दशैँ नआएकै राम्रो । दिनहरु ढल्दै जाँदा नाना, खाना, छानाकै लागि तड््पिनुपर्ने नेपालीहरुका लागि यति नै बेला विश्व गरिबी निवारण दिवस परेको दशैँ नआएकै राम्रो दशैँ ।
उद्योग कलकारखाना नभएको दशैँ तर सरकारले स्वदेशी उत्पादनका वस्तुहरु प्रयोग गर्न उर्दी जारी गरेको दशैँ । उत्पादन गर्ने उद्योगहरुको गला रेट्ने ठूला दल र शासकहरुलाई केही गर्न नसकेको दशैँ । पहिले छोइछिटो गर्नेलाई उल्टै उनीहरुको महाधिवेशनमा गएर शुभकामना दिइएको दशैँ । चोसराहरुको योजना थाहा पाएको भन्दै लोकतन्त्रमा भ्mयाप्भ्mयाप् समात्तै केरकारपछि चार–छ घण्टामा छोडिएको दशैँ । कारगारहरुको अड्डा सार दशैँ । संसद्मा प्रधानमन्त्री नदेखिएरै अधिवेशन सकिएको दशैँ । यसपालिको दशैँ के दशैँ ? ३० बर्से र ५५ बर्से हल्लैहल्लाले धेरैले राजीनामा गरिएको दशैँ ।
प्रशासन क्षेत्र अस्तव्यस्त दशैँ । राजनीतिक भ्रातृ संगठनहरु देख्नै नसकेको सरकारले कार्यालय परिसरबाट यस्ता संघ–संगठनहरुका साइन बोर्ड हटाउनू भन्ने उर्दी जारी गरे पनि सबैतिर संगठनहरुको साइनबोर्डहरु यथावत् नै देखिएको दशैँ । शैक्षिक संस्थाहरुतिर आँखा लगाउँदा पनि कतै यी यस्ता संघ–संगठनहरुको साइनबोर्ड नहटेको पाइएको दशैँ, बरु पंक्तिकारले संस्थाहरुको काममा दशैँ बिदा भएको बेला पनि संगठनका कार्यालयहरु भने खुलिरहेको पाइएको दशैँ । हावादारी निर्णय र निर्देशनहरु जारी भएको अनुभव बोकेको दशैँ । यसपालिको दशैँ, अर्को साल कस्तो होला ? प्रतीक्षा गरिनुपर्ने दशैँ । समग्रमा यसो भनौँ– दशैँमा प्रयोग हुने वस्तु र विचार सबैजसो आयातीत दशैँ, खल्लो दशैँ ।
तिहार कस्तो होला ? आशा गरौँ, सेलरोटीले गुलियो होला । तर चिनीको मूल्य ? ग्यासको सहजता होला त्यति बेला ? मखमली, गोदावरी पूmलहरु पनि आयात नै होलान् कि ? रंग, पूजा सामान त आयात हुने हो, भाइमसला पनि । दशैँमा ३ दिन तातो पानी नाका खोलियो, कोरोला नाकाबाट स्याउ आयो, लत्ताकपडा आए, खाद्यान्न, काजु, पेस्ता बदाम पनि । उत्तरी र दक्षिणी नाकाबाट कति दिन भरथेग होला त ? कस्टम तिरेर छिरेका सामान, चर्को ढुवानी शुल्क तिरेर आएका वस्तुहरु, कति सहज होला त ? हरेक चाडपर्वमा छिमेकीसँग नाका खोल्न गुहार माग्ने हामी आप्mनै उर्वर भूमिमा किन आप्mना समान उब्जनी गर्न सक्दैनौँ ? सरकार यसमा किन ध्यान दिँदैन त ? सस्तो पासपोर्टलाई महँगोमा बेच्न खप्पिस सरकारले युवा विदेश मात्रै पठाउने, यहाँ बसेकालाई राजनीतिको धन्दा मात्रै सिकाउने कि कृषिउपज बढाउन प्रोत्साहन गर्ने ? मौलिक चाड दशैँ–तिहारका लागि आवश्यक पर्ने तमाम वस्तुहरु यहीँ उत्पादन गर्न लगाउनुपर्ने हो कि ?
अघि–पछि प्रयोग हुने खाद्यान्न, मरमसला, तरकारी, फलपूmल, रसादि, दाल, गेडागुडी, दूध र दूधजन्य पदार्थहरु सबै यहीँ उत्पादन हुने वातावरण तय गरिनुपर्ने हो । राजनीति केवल कर कलेक्सन र विरोधीलाई तह लाउने कार्यमा मात्र प्रयोग हुँदा आम नेपाली जनजीवन थप कष्टकर हुँदै आएको छ । जीउको जनै, तीजका सामान, माघे संक्रान्तिको घिउ चाकु वा हरेक सिजनमा प्रयोग हुने उपभोग्य सरसामान विदेशबाट आयात गर्नाले बजार भाउ अतिसारो महँगो छ, तर जनताको क्रयशक्ति यसकारण छैन कि रोजगारी नै छैन, लगानी नै छैन, उत्पादन नै छैन । राजनीतिले दिशा लिन सकेन । पछिल्लोपल्ट आएको सरकार पनि थामथुमे मात्रै भयो । गति लिएको देखिएन । उद्योग कलकारखाना प्रशस्त खोलेर, यहीँका युवालाई रोजगारी दिएर, कृषिलगायतका कर्महरुमा तल्लीन गराइनुपर्ने हुन्छ । नत्र यो समस्या भोलि–पर्सि पनि थपिने नै हो ।
हिउँदामा सुख्खा पहिरो, दशैँको पूर्वसन्ध्यामा अकल्पनीय बाढी, वर्षामा पनि यस्तै बाढीपहिरोले सताइएको आम नेपाली मन–मस्तिष्क कहिल्यै ताजा हुन सकेन । विश्वले मानवीय विकास धेरै गरेको छ, धर्ती कम भएर अन्तरिक्षको खोजी गरिरहेको छ, हामीलाई दैनिक रोजीरोटीको समस्याले कहिल्यै छोडेन । दशैँ खल्लो भएजस्तै तिहार गुलियो नहुने परिवेशबाट त्राण पाउने कहिले हो सरकार ? भोटेकोशीमा उठाइएको १७ अर्बमा खर्च कति भयो ? हेलिकोप्टरमै कति गयो, राहत कार्य अधुरो भई आम जनमानसको चित्कार मास मिडियाहरुमा पोखिएकाले पनि दशैँमा खुशी बाँड्न नसकिएको परिप्रेक्ष्यलाई कसरी मूल्यांकन गर्ने होला त ?











प्रतिक्रिया