च्याम्पियनहरूले एक–एक लाख पाउनेछन्

0
Shares

दमन बस्नेत

अध्यक्ष

नेपाल फुल कन्ट्याक्ट

कराते महासंघ

 

दमन बस्नेत लामो समयदेखि क्याकुसिन करातेमा आबद्ध रहनुभएको छ।  उहाँफुल कन्ट्याक्ट कराते महासंघको अध्यक्षसमेत रहनुभएको छ। १५ वटा संघहरू मिलेर बनेको महासंघको अध्यक्षसमेत रहनुभएका बस्नेत फुल कन्ट्याक करातेलाई शिखरमा पुर्याउन लागिपर्नुभएको छ। भोलि शनिबारबाट पोखरामा प्रथम नेपाल फुल कन्ट्याक्ट कराँते प्रेसिडेन्ट कप प्रतियोगिता हुँुदै छ। सोही विषयको सेरोफेरोमा रहेर नेपाल समाचारपत्रका लागि दीपक रिजालले गरेको कुराकानी :

 

नेपालको लोकप्रिय खेलका रूपमा रहेको फुल कन्ट्याक्ट महासंघले किन गति लिन सकेन ?

महासंघले गति नलिएको होइन। महासंघ स्थापना भएदेखि सुषुप्त अवस्थामा चलेको थियो। अब मैले यसलाई गति दिन लागेको छु। म नेतृत्वमा आएपछि विभिन्न संघमा छरिएका संघहरूलाई एकीकृत गरी महासंघ बनाएको छु।

महासंघ बाहिर रहेका संघलाई फेरि महासंघभित्र ल्याउने प्रयत्न भइरहेको छ। महासंघलाई क्रियाशील बनाउन मेरो कार्यकालबाट फुल कन्ट्याक्ट प्रेसिडेन्ट कप ग्रान्ड च्याम्पिनसिप प्रतियोगिता आयोजना गरिएको छ। यो शनिबारबाट पोखरामा शुरू हुन्छ।

महासंघमा कतिवटा संघ आबद्ध छन् ?

 

महासंघमा १५ वटा संंघ आबद्ध छन्। अरू संघलाई पनि महासंघमा ल्याउने प्रयत्न भइरहेको छ।

 

महासंघ र संघबीच विवाद छ भनिन्छ नि ?

संघहरूबीच विवाद भन्ने होइन। संघका रूपमा रहेका संस्थाले आफूखुसी काम गरिरहेका छन्। उनीहरूलाई एक ठाउँमा ल्याउने प्रयास गर्दा कसैले विवाद छ भनेका होलान्।त्यस्तो विवाद छ जस्तो लाग्दैन मलाई। महासंघमा आबद्ध भएका केही पदाधिकारीलाई हामीले कारबाही गरेका छौं।

महासंघको विधि र विधानभन्दा बाहिर गएका केही पदाधिकारीलाई कारबाही गरेका हौं। हामीले करातेको विकासका लागि कारबाही गरेका हौं। अब प्रतियोगिता सम्पन्न भएपछि अन्य संंघलाई पनि हामी एकताबद्ध गर्दै जानेछौं।

शनिबारदेखि पोखरामा प्रतियोगिता गर्दै हुनुहुन्छ । यसको तयारी पूरा भयो त ?

 

सबै तयारी पूरा भइसकेको छ। उक्त प्रतियोगितामा पुरुषतर्फबाट ३२ जना र महिलाका तर्फबाट ३२ जनाको सहभागिता रहने भएको छ। यसका पुरुष र महिला तर्फबाट च्याम्पियन हुनेले १–१ लाख पुरस्कार पाउनेछन् भने द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पाउने भएका छन्। प्रतियोगितामा १५ वटा संघबाटै खेलाडीको सहभागिता रहने भएको छ

महासंघ र खेलकुद परिषद्बीच सम्बन्ध राम्रो छैन भनिन्छ नि हो ?

 

होइन, सम्बन्ध राम्रो नराम्रो भन्दा पनि यो खेललाई कसरी राम्रो बनाउने भन्ने विषयमा हामी छलफलमा छौं। हामीले राखेको प्रस्तावलाई अहिलेको नयाँसदस्य सचिवले सकारात्मकरूपमा लिनुभएको छ। अहिलेलाई यति बुझौं न।

हामीले अहिले परिषद्सँग कोचहरूको व्यवस्था गरिदिन आग्रह गरेका छौं। त्यसलाई परिषद्ले सकारात्मकरूपमा नै लिएको जस्तोे लाग्छ।

महासंघलाई बलियो बनाउने कुनै योजना ल्याउनुभएको छ ?

 

महासंघलाई जरैदेखि बलियो बनाउनुपर्नेछ। कतिपय संघको आफ्नो डोजो छैन। सबैको पूर्वाधार निर्माण गर्नुपर्नेछ। सबै संघका प्रशिक्षक छैनन्।

 

राजनीतिक बोलवाला नहुँदा संघ पछि परेको हो कि भन्ने भान हामीलाई भएको छ। अब हामी फुल कन्ट्याक्ट करातेलाई कसरी बलियो बनाउने भन्ने विषयमा गम्भीर छलफलमा छौं। हामी योजनाबद्धरूपमा अगाडि बढ्दै छौं।

Skip This