करेन्ट लागेर एकको मृत्यु



ललितपुर, (नेस) ।ललितपुरको बागमती गाउँपालिका–३, छपेलीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। गुल्मी मुसिकोट घर भएका १९ वर्षीय विकास कार्कीको करेन्ट लागी शनिबार बिहान घटनास्थलमै मृत्यु भएको हो।

छपेलीमा बिजुलीको सामग्री खसाल्न बुम उठाउने क्रममा क्रेन गाडीमा करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरी चौकी भट्टेडाँडाका प्रहरी सहायक निरीक्षक लक्ष्मण थापाले बताउनुभयो।

उक्त क्रेन गाडीमा खानीखोला हाइड्रोपावरको ट्रान्समिसन लाइन बनाउन सामग्री लिएर बिहानै छपेली पुगेको थियो। क्रेन गाडीको बुम उठाउँदा हाइटेन्सनको लाइनमा छोएर गाडीमा करेन्ट प्रवाह भई सहचालकको मृत्यु भएको प्रहरीको भनाइ छ।

उक्त घटनासँगै प्रहरीले क्रेनका चालक काठमाडांैं चन्द्रागिरि नगरपालिका तीनथानाका राधाकृष्ण केसीलाई नियन्त्रणमा लिएको छ। गाडीमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्