एनआरएनमा मकवानपुरका दाहालको उम्मेदवारी



हेटौंडा, (नेस)

युरोपको स्पेनमा हुन लागेको एनआरएनए समन्वय समिति स्पेन उपाध्यक्षमा मकवानपुरका रामप्रसाद दाहाल उम्मेदवार हुनुभएको छ । मकवानपुरको बकैया गाउँपालिका–४ निवासी दाहाल ११ वर्षदेखि स्पेनमा रहेर विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय हुनुहुन्छ ।

दाहाल पाइसभास्को बिल्बाउबाट एनआरएनए समन्वय समिति स्पेनको आगामी अधिवेशनमा क्षेत्रगत् प्रतिनिधित्व गर्ने गरी राष्ट्रिय समन्वय परिषद्को केन्द्रीय उपाध्यक्ष उम्मेदवार हुनुभएको हो ।

एक कार्यकाल एनआरएनए क्षेत्रीय समिति पाइसभास्कोको अध्यक्ष रहेर काम गरिसक्नुभएका तथा केन्द्रीय समितिमा सल्लाहकारको भूमिका पनि निर्वाह गर्नुभएका दाहाल केन्द्रीय उपाध्यक्ष उम्मेदवार हुनुभएको हो ।

समाज र सामाजिक कार्यमा जोडिन एनआरएनए समितिले थप बल पु¥याउने भन्दै दाहालले आफूलाई जिताउन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो–मलाई यो जिम्म्मेवारी दिनुभएमा म जिम्मेवारीलाई इमान्दारितासाथ निर्वाह गर्ने वचनवद्धता गर्दछु । उहाँले आफूले स्पेनको क्षेत्रीय समितिमा रहँदा सबैलाई समान दृष्टिबाट सहयोग गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्