जुवातास खेल्ने ५ जना पक्राउ



भक्तपुर । कोठामा जुवातास खेलिरहेको अवस्थामा वाप्पाबाट ५ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका-४ वाप्पा डेरा गरी बस्ने सिन्धुली मरिण गाउँपालिका-६ घर भएका ५० वर्षीय ईन्द्र बहादुर भोलनको कोठामा जुवातास खेलिरहेको अवस्थामा ईन्द्र भोलन समेत ५ जनालाई नगद २० हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्