नगद कारोबार गर्नेलाई २ वर्षसम्म जेल



काठमाडौं । अस्ट्रेलियाले नगदमा हुने कारोबारलाई हटाउन कडा नियम ल्याउने भएको छ ।
प्रस्तावित नयाँ कानुनअनुसार बढीमा १० हजार सम्म मात्र कारोबार गर्न पाउने नियम बनाउन लागेको हो । १० हजार भन्दा बढी नगद कारोबार गर्नेलाई २ वर्षसम्म जेल सजाय र २५ हजार डलरसम्म जरिवाना हुनेछ ।

संसदमा सरकारले प्रस्तुत गर्न लागेको यो नयाँ कानुनमा उक्त रकम बराबरको वा सो भन्दा माथि कारोबार गर्नुपरे विद्युतीय प्रणालीको प्रयोग गर्नुपर्ने वा चेकको माध्यमबाट कारोबार गर्नुपर्नेछ।

सरकारले २०१८/०१९ को बजेट भाषणमा नगद कारोबारलाई १० हजारमा सीमित बनाउने घोषणा गरेको थियो ।

व्यवहारमा ल्याउन लागेको यो नियमको विभिन्न पक्षहरुबाट विरोध समेत गरिएको छ

प्रतिक्रिया दिनुहोस्