भूमी ब्यवस्थाको ब्यवस्थापन अव प्रबिधिबाट



नेपाल समाचारपत्र, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समग्र जग्गा प्रशासनको व्यवस्थापन अब प्रविधिबाटै गर्ने भएको छ।

सार्वजनिक सरकारी र गुठीको जग्गाको संरक्षणका लागि देशभरका मालपोत र नापी कार्यालयमा प्रविधि मार्फत जग्गा प्रशासनको काम व्यवस्थापन गर्न लागिएको हो। गुठी जग्गाको संरक्षणका लागि सो प्रविधिले सहयोग पु¥याउने मन्त्रालयको दाबी रहेको छ।

मालपोत र नापी कार्यालयमा अनलाईन पद्धतिको मार्फत काम अघि बढाउन मन्त्रालयले अहिले भूमी प्रशासन अन्तर्गतका श्रेस्ता स्क्यानिङ गरिरहेको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताउनुभयो।
‘स्क्यानिङ कार्य सकिएपछि मालपोत र नापी कार्यालय प्रविधि मार्फत काम अघि बढाउने छौं।’ सचिव मैनालीले भन्नुभयो। मन्त्रालयले साखुँलगायत केही मालपोत कार्यालयमा यस्तो प्रविधि लागू गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्