५ महिनापछि बालिकाको उद्धार



मोरङ, (नेस) ।
मोरङको सुनबर्षी नगरपालिकाबाट गएको फागुन २ गते अपहरणमा परेकी एक बालिकाको ५ महिनापछि सकुशल उद्धार गरिएको छ । पिडित किशोरीकी हजुरआमाका अनुसार नातिनीलाई ५ महिना पछि भारतीय प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा भारतको पन्जाबबाट उद्दार गरिएको हो ।

बालिकाको उद्दारसँगै मोरङको रंगेली प्रहरीले अपहरणमा सँलग्न मध्येकी एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पिडितको उजुरीका आधारमा किशोरीको अपहरणमा सम्लग्नमध्येकी एक ३६ वर्षकी गिता रिसिदेबलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको छ ।

रिसिलेवलाई थप अनुशन्धानका लागि जिल्ला अदालत मोरङबाट म्याद थप गरिएको प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिनुभयो ।
अपहरणपछि रंगेली प्रहरीले पिडितको जाहेरीका आधारमा अपहरण तथा शरीर बन्धक र जवरजस्ती करणी गरेको विषयमा अनुशन्धान थालेको थियोे । अनुशन्धानकै क्रममा किशोरीलाई अपहरणमुक्त गर्न सफल भएको रंगेली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्