शाश्वतको होस्टल सार्वजनिक



काठमाडौं, (नेस) ।
किशोर वयका शाश्वत घिमिरेको दोस्रो कृति होस्टल एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । कक्षा नौमा पढ्दै गरेका बेला लेखिएको होस्टल छात्रावास बसाइको वरिपरि घुमेको छ । होस्टलमा बस्दा भोग्नु परेका पीडा तथा होस्टल जीवनका बारेमा सो कृति केन्द्रित ।

नौ कक्षामा पढ्दादेखि लेखेको उपन्यास १२ कक्षामा पढ्दा सार्वजनिक गरियो, त्यो पनि भिन्न किसिमले । होस्टलको विमोचन कार्यक्रममा प्रमुख अतिथि थिए नरहरि आचार्य । लेखकले प्रमुख अतिथिलाई आफ्नो कृति दिएर विमोचन गरिएको थियो । मञ्चमा विशुद्ध पारिवारिक व्यक्तिको जमघट बाक्लो थियो । ममामाघरकी हजुरआमादेखि घिमिरे परिवारका अन्य सदस्यका साथै शाश्वतका गुरुहरु ।

संयोग नै मान्नुपर्छ, मञ्चमा आसीन गुरुहरु सबैले होस्टल जीवन व्यतीत गर्नुभयो तर कसैले पनि होस्टलका बारेमा कृति लेख्नुभएन । सानै उमेरदेखि पढाइमा अब्बल रहेका शाश्वतको कलम होस्टलमा तीव्र गतिमा दौडिएका छन् ।

लेखकले कल्पनाशीलतालाई भन्दा यथार्थतालाई जोड दिएर होस्टल तयार पारेका छन् । उनको पहिलो कृति कविता थियो भने दोस्रो कृतिका रुपमा होस्टल उदाएको हो । ‘लेखक जबसम्म आफ्नो कृति आफैं प्रकाशन गर्न सक्दैन तबसम्म उसका कृति नछाप्नु होला’ –कार्यक्रमका प्रमुख अतिथि नरहरि आचार्यले आफ्नो सम्बोधनका क्रममा भन्नुभएको थियो । कारण चाहिँ के रहेछ भने अर्काले छापिदियो भने लेखक अल्छी बन्न भन्नेमा आचार्यलाई शंका लागेको रहेछ ।
कार्यक्रममा बोल्ने अधिकांश गुरुहरुले होस्टलका विविध पक्षबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्