गोली लागेर डोटीमा १ को मृत्यु



विमल विष्ट, डोटी । डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका वडान. ५ तल्लो डाडावनमा गोली लागेर एकजनाको घटना स्थलमै ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा डिएसपी लालबहादुर धामीले दिनुभएको जानकारी अनुसार आदर्श गाउँपालिका वडान. ५ बस्ने ५० वर्षीय जंगे भुलले भरुवा बन्दुकले गोली हान्दा सोही ठाउँका १९ वर्षीय तपेश लुहारको घटना स्थलमै ज्यान गएको हो । गएराती अर्थात शनिवार राती करिब १०.४५ बजेको समयमा सलामी डाडावनमा आएका जंगली जनावर धमाउन लाई गोली हान्दा तपेशको टाउकोमा उक्त गोली लागेर ज्यान गएको भन्ने खबर आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा डिएसपी धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जैगली जनावर धपाउन हानेको गोली लागेर ज्यान गएको भन्ने खबर आएको छ,जिल्ला बाट थप अनुसन्धानकालागि प्रहरी निरिक्षक कर्ण बोहराको नेतृत्वमा प्रहरी टोली गएको छ टोली पुगेपछि बाँकी विवरण भन्न सकिने छ ।”

गोली प्रहार गर्ने जंगे भुल र उनले प्रयोग गरेको भरुवा बन्दुक प्रहरी चौकी आदर्शको टोलीले नियन्त्रणमा लिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्