साढे २ करोड खर्चिने गरी रानीमहलको गुरुयोजना



पाल्पा । नेपालको प्रसिद्ध पर्यटकीय स्थल प्रेमको प्रतिक रानीमहललाई व्यवस्थित बनाउने सोंचका साथ गुरुयोजना वनाइएको छ । यसका लागि करिव २ करोड ५३ लाख रुपैया लागत लाग्ने अनुमान छ ।

ऐतिहासिक रानीमहललाई व्यवस्थित बनाउने सोंचका साथ समून्नति नामक संस्थाले तयार पारेको विस्तृत गुरु योजना एक कार्यक्रमका बीच तानसेनमा सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा जिल्लाका सरोकारवालाहरुले रानीमहल दरवार र आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ सोंचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले नयाँ सोंचका साथ पुरातात्विक सम्पदाहरुको सुधार गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका हुन् । पर्यटकीय क्षेत्रको गुरु योजना तयार भएकाले त्यसलाई कार्यान्वयन गर्न पाल्पा, स्याङ्जा जिल्लाका स्थानीय निकाय र तानसेन नगरपालिकाको संयूक्त प्रयास आवश्यक रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बाÞय तथा आन्तरिक पर्यटकको बसाई लम्ब्याउन र यसको व्यवसायिक विकासका लागि रानीमहललाई सहज र सुन्दर बनाउनु पर्नेमा जोड दिनुभयो । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ र पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले जिल्लालाई आर्थिक रुपमा संम्वृद्ध बनाउन पर्यटन व्यवसाय नै महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । व्यापारीको भनाइमा पुरातात्विक महत्वको संरक्षण तथा त्यहाँको धार्मिक अस्तित्वलाई समयानुसार अगाडि बढाउँने दायित्व स्थानीय सरकारको काधमा आएको हुँदा सबै निकाय, स्थानीयवासी, जनप्रतिनिधी, समाजसेवी सबैको सहयोग आवश्यक रहेको छ ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रेस सल्लाहकार तथा नेपाल पत्रकार महासंघका पूर्व जिल्ला सभापति गोविन्द भट्टराईले, रानीघाट दरवार र त्यसको संरक्षण गरी त्यस आसपासका क्षेत्रलाई पनि प्रवद्र्धन गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारका साथै व्यवसायी, निजी क्षेत्र तथा समाजसेवी सबैको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

कार्यक्रममा सुन्दर श्रेष्ठ प्राध्यापक राजेश्वर उदय , उद्योग वाणिज्य संघका पूर्व महासचिव भीमसेन कार्की ,तानसेन नगरपालिककाका वडा अध्यक्षहरु महेशलाल शाक्य, हरिसुमर रेग्मी, त्रिलोचन तिमिल्सेना, मुक्तीराम जिसी, रामबहादुर रावल, तानसेन नगरपालिकाका वडा सदस्य तथा युवा राजनीतिज्ञ विष्णु कार्की, नगरपालिकाका योजना अधिकृत विष्णु पौड्याल लगायतले पाल्पाको गौरवका रुपमा रहेको रानीमहललाई व्यवस्थित वनाइ पर्यटकीय केन्द्रका रुपमा विकसित गर्नुपर्ने धारणा राखेका थिए । इपिआई टिमका तर्फबाट परामर्शदाता आकिटेक्चर ईन्जिनयिर समिर पौडेलले विस्तृत गुरु योजना प्रस्तुत गर्दै यसका लागि २ करोड ५३ लाख खर्च अनुमानित गरिएको जानकारी गराएउनु भयो ।

प्रतिक्रिया दिनुहोस्