रक्सी भनेर मछिनोको तेल खाँदा तामाङको मृत्यु



ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ७ पात्लेमा रक्सी भनि मछिनोको तेल खादाँ एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ बर्षिय मकर तामाङ रहेको प्रहरीले जनाएको छ ।

बिगत नौ बर्षदेखी मछिनो उद्योग चलाउँदै आएका तामाङले मदिरा पिएर होस गुमाएको अवस्थामा शनिवार बिहान मछिनोको तेल खाएका थिए । तेल सेवन गरे लगत्तै परिवार तथा स्थानियको सहयोगमा उनलाई अस्पताल लैजादै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तामाङको शव पोष्टमार्टमका लागी लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्