बैतडीमा फेला परेको वेवारिसे शवको पहिचान



closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

बैतडी । बैतडीमा शनिवार फेला परेको वेवारिसे शवको पहिचान भएको छ । पाटन नगरपालिका वडा नं ६ भिटाचौपाता भन्ने भिरमा फेला परेको पुरुषको शवको पहिचान भएको हो ।

मृत फेला पर्नेमा पाटन नगरपालिका वडा नं ४ का ४५ बर्षीय तेजसिंह ऐरी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । मृतक ऐरीको खल्तीमा रहेको नागरिकता प्रमाणपत्रको आधारमा पहिचान भएको हो । ऐरीको भिरवाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक ऐरी शुक्रवार घरवाट फुपुको घर पाटनकै सिलंगा जान्छु भनि हिडेका पारिवारिक श्रोतले जनाएको छ । शवलाई आज विहान घाँस काट्न गएका स्थानीय महिलाले देखेपछी प्रहरीलाई खवर गरेका थिए । शव भिरमा अड्किएको अवस्थामा रहेकोले प्रहरीलाई निकाल्न समेत समस्या भएको थियो ।

शव परिक्षणको लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्