प्रधानमन्त्री सुध्रदै छन्ः नेता भुसाल 



कृष्णउदास खनाल, वीरगन्ज । नेकपा नेता घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा विस्तारै सामूहिकतामा चल्नुपर्छ भन्ने सोच पलाउन थालेको टिप्पणी गर्नुभएको छ ।

वीरगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले ओलीको बोलीमा पनि परिवर्तन आएको उल्लेख गर्नुभयो । पार्टीमा ओलीका स्थायी प्रतिपक्षी मानिने स्थायी कमिटी सदस्य भुसाललाई केही दिनअघिमात्र प्रधानमन्त्री ओलीले एक्लै बालुवाटारमा बोलाएर छलफल गर्नुभएको थियो ।

भुसालले ओलीले आफ्नै हिसाबले पार्टी र सरकार चलाउन खोज्दा कमिकमजोरी देखा परेको बताउनुभयो । ओलीले प्रधानमन्त्री भएपछि पार्टी र सरकार मैले नै चलाउने भनेर अगाडि बढेको तर पार्टी स्थायी कमिटी त्यसको पक्षमा नहुँदा तानातानीले १४ महिना गएको उल्लेख गर्नुभयो । नेता घनश्याम भुसालले पार्टीको स्कूल विभाग प्रमुखलाई प्रधानमन्त्री वा अध्यक्षभन्दा पनि ठूलो हो कि जसरी विवादमा ल्याइएको टिप्पणी गर्नुभयो ।

दुवै अध्यक्षको कमजोरीका कारण स्कूल विभागको विवाद सडकसम्म आएको उहाँको तर्क छ । स्कूल विभागमा आफ्नो दावी कायमै रहेको भन्दै उनले पूर्वमाओवादीको भागमा परे मात्र दावी फिर्ता लिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्