विपन्नलाई लुगा जुटाउन ’क्लोथ बैंक’ सञ्चालन



सरोज यादव, विराटनगर । विराटनगरस्थित ट्राफिक चोकमा शनिवारदेखि क्लोथ बैंक सञ्चालनमा आएको छ । भुषन पोमु लिम्बू र पेरिस सुवेदीको संयुक्त पहलमा क्लोथ बैंक सञ्चालनमा आएको हो । दुवै जनाको संयोजनमा युवाहरुको एक समूहले पुरानो लुगा संकलन गरेर विपन्न र गरिवलाई वितरण गरिने काम सुरु भएको हो ।

हाम्रो लागि ठिक नभएको लुगा अरुको लागि नयाँ हुन सक्छ भन्दै उनीहरुले लुगा सङ्कलन गरेर लुगा नभएका व्यक्तिहरुलाई वितरण गरिने उद्देश्य राखेको जनाएका छन् । संयोजक पेरिस सुवेदीले लगाउन सकिने लुगा दिन आए राखेर सफा गरि लगाउने योग्य बनाएर वितरण गरिने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘शनिवार मात्रै ५० जनाले लुगा लिएर गएका छन् ।’

लुगा लिन आउनेका नाम र पुरानो लुगा दिनेको नाम गोप्य राखिने गरेको जनाइएको छ । विराटनगरका गरिब दुखीहरुले अब निशुल्क लुगाहरु पाउने भएका छन । यो कार्यको नेतृत्व भुषन पोमु र पेरिस सुवेदीले गरेका छन् । युवाहरूले विभिन्न उमेरका बालबालिका र वृद्धहरुका लागि लुगा तथा चप्पलहरु त्यहाँ राखेका छन् । भुषन पोमु भन्छन् “कसैको लागि पुरानो र काम नलाग्ने भएको लुगा, कसैको लागि नया र काम लाग्ने हुन सक्छ” ।

उहाँले भन्नुभयो गरिब असहाय तथा बाढी पीडितहरुलाई सहयोग पुग्ने भन्दै हामीले यो कार्यको थालनी गरेको हो । उहाँले भन्नुभयो ,कुनै समान थोरै पुरानो हुदा फाल्दै नया किन्छौ,तर गरिब र असहायले सक्तैन ” । त्यही भएर हामीले उहाहरुको सहयोगको लागि यो पहल गरेका हौ ।

त्यस्तै अर्को नेतृत्वकर्ता सुवेदीले भन्नुभयो “कसैको सानो सहयोग बाट कसैको चेहरामा मुस्कान आउँछ, भने हामिले त्यो काम गर्नुपर्छ” भन्ने सोचका साथ हामीले यो कार्य गरेको हो । उहाँले “गरिबी न्यूनीकरण गर्न हामी हातेमालो गरेर अगाडि बढी रहेका छौ,यसमा सबैको साथको आवश्यकता रहेको बताउनुभयो ” ।

त्यस्तै समाजसेवी सुभाष अमात्यले बिरामी भएका गरिब असहाय तथा विपन्न व्यक्तिहलाइ निस्शुल्क उपचार गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । विराटनगरका शिवरत्न साह,नवीन निरौला ,बिनोद चाहर,जोसेफ घिमिरे लगायतका युवाहरूको समूहले यसको लागि कार्य गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्