रक्षा मन्त्रालयको कार्यालय अघि नै विस्फोट, १० जनाको ज्यान गयो



काबुल, अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालयको भवन नजिकै बम विस्फोट हुँदा १० जना मारिएका छन् । दर्जनौँ घाइतेलाई अस्पताल लगिएको छ ।

सोमबार भएको उक्त हमलाको तालिबानी लडाकु समुहले जिम्मा लिएको छ । व्यस्त सडकमा यस्तो हमला भएको थियो । प्रहरी अधिकारी मोहम्मद कारिमका अनुसार उक्त हमला रक्षा मन्त्रालयकै अगाडि गराइएको थियो ।

तालिबानी समुहले विज्ञप्ति जारी गर्दै उक्त घटनाको जिम्मा लिएको हो । तालिबान प्रवक्ता जाबुहुल्लाह मुजाहिदले जारी गरेको विज्ञप्तिमा हमला आम नागरिकप्रति नभएर सैनिकहरुप्रति लक्षित गरिएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघ तथा केही गैरसरकारी संस्थाहरुले उक्त घटनामा मारिएका र घाइते भएकाप्रति चिन्ता व्यक्त गर्दै तालिबानी समुहको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्