मदिरा बन्यो श्रीमतीको काल, हत्या हैन भन्छ प्रहरी !



किरन धामी, दार्चुला ।

मदिराको मातमा घरमा आगो लगाउँदा नौगाड गाउँपालिका वडा नम्बर–२ भैसीमेलाका ३२ वर्षिय शेरसिंह बडालले श्रीमती गुमाए । बडालले शनिबार राती ११ः१२ बजे तीर आत्याधिक मात्रामा मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका थिए ।

आगोले जलेर उनकी ३० वर्षिय श्रीमती बिन्द्रा बडालको
घट्नास्थलमै मृत्यु भएको दार्चुलाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।

मदिराको मातमा श्रीमानले घरमा आगो लगाएको थाहा पाएपछि श्रीमती बिन्द्रा समान निकाल्न भित्र गएकी थिईन् । तर, बाहिर निस्कन नपाएपछि जलेर मृत्यु भएको प्रहरीको भनाई छ ।

शेरसिंहले घरमा आगो किन लगाए भन्ने बारे अनुसन्धान पछि मात्रै भन्न सकिने प्रहरी नायब उपरिक्षक शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘शेरसिंह अहिले प्रहरी नियन्त्रणमा छन् । यस घटनालाई अहिले नै हत्या भन्न मिल्दैन । अनुसन्धान जारी छ ।’

घरमा आगो लागेको थाहा पाउना साथ दल्लेक प्रहरी चौकीबाट राती नै प्रहरी घट्ना स्थलमा उद्धारका लागी खटिएको समेत उहाले जानकारी दिनुभयो ।

अहिले प्रहरी नायब उपरिक्षक सहित ८÷९ जनाको टोली घट्ना स्थलमा पुगेको छ । मृतक बिन्द्राको शव परिक्षणका लागी जिल्ला अस्पताल दार्चुला ल्याउने तयारी भैइरहेको उहाले बताउनु भयो ।

शेरसिंहका २ छोरा र १ छोरी छन् । आगोले शेरसिंहको ३ तले पक्की घर जलेर पुरै नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्