समग्रमा मुलुकको आर्थिक वृद्धि ७.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण



विश्व बैंकको एक प्रतिवेदनले नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशतले हुने प्रक्षेपण गरेको छ । बैंकले चालु आर्थिक वर्ष (२०१९) मा नेपालमा ७.१ प्रतिशतको आर्थिक वद्धि हुने प्रक्षेपण गरेको हो ।

विश्व बैंकले सेवा र कृष क्षेत्रको योगदानको बलमा नेपालको अर्थतन्त्रको विस्तार द्रुत गतिमा हुन थालेको जनाउँदै सेवा क्षेत्रमा मात्रै ७.५ प्रतिशतले विस्तार हुने र खुद्रा ब्यापार, होटल र रेस्टुरेन्ट लगायतको उपक्षेत्रमा पनि प्रगति भएको उल्लेख गरेको छ ।

नेपालमा पर्यटन आगमन बढेको र त्यसले पनि सेवा क्षेत्रको विस्तारमा योगदान दिएको जनाएको विश्व बैंकले रेमिट्यान्सको वृद्धिले निजी उपभोगमा पनि वृद्धि गरेको बताएको छ ।

बैंकले कृषि क्षेत्रमा मात्रै ५ प्रतिशतको वृद्धि देखिने र यो ३० वर्षको औसत ३.१ प्रतिशत भन्दा उच्च भएको पनि बताएको छ । यो उपलब्ध भने सही समयमा भएको राम्रो वर्षा प्रमुख कारण रहेको बैंकको ठहर छ ।

त्यसै गरी औद्योगिक उत्पादनको वृद्धिदर पनि सुखद रहेको भन्दै यो वर्ष ८.१ प्रतिशत औद्योगिक वृद्धिदर हात लाग्ने उसको प्रक्षेपण छ । विजुलीको सहज उपलब्धताका कारण यस्तो अवस्था बनेको ठहर विश्व बैंकको छ ।

निजी लगानी र उपाभोग बढनुले नै ७ अंक माथिको आर्थिक वृद्धिको मुख्य भूमिका खेलेको विश्व बैंकको निश्कर्ष छ ।

उसले यो वर्ष ४.१ प्रतिशतको मूल्यवृद्धि हुने बताएको छ । यो वर्ष औद्योगिक वस्तुको आयात बढ्दा त्यसको लाभ अर्थतन्त्रलाई भएको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्