रहेनन् रकी



अमेरिकन गायक तथा गीतकार रकी एरिक्सनको हालै ७१ वर्षको उमेरमा निधन भएको छ।
उनका प्रतिनिधिले एक वक्तव्य जारी गर्दै उनको निधनको पुष्टि गरेको फक्स न्युजले नाएको छ।

तर, उनको निधनको कारण भने खुलेको छैन। जीवनभर मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका उनी यही समस्याका कारण बेलाबेला अस्पताल भर्ना भइरहन्थे। यु आर गोना मिस मि, आई ≈याभ अलवेज बिन हर, स्लिप इनसाइड दिस हाउसलगायत उनले गाएका लोकप्रिय गीत हुन्।

प्रतिक्रिया दिनुहोस्