कान्छा र्यापरको दुःख



गायक तथा संगीतकार विनोद ढकालले ११ वर्षीय बालक रोजन बराइलीलाई नेपालकै कान्छा र्याप गायकका रूपमा प्रस्तुत गरेका छन्। बाल्यकालदेखि नै र्याप संगीतमा आकर्षित भएका धादिङका बराइलीलाई गायक ढकालले आफ्नै संगीतको नयाँ र्याप गीत दुःखमार्फत सांगीतिक क्षेत्रमा ल्याएका हुन्।

गायक ढकालको समेत स्वर रहेको गीतमा कान्छा र्यापर बराइलीले र्याप हानेका छन्। उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ। गीतका रचनाकार पनि र्यापर बराइली नै हुन्।

गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन छ। दुःखको म्युजिक भिडियोलाई सोनम पाख्रिनले निर्देश्ँन गरेका छन्। म्युजिक भिडियोमा किशोर भण्डारी, कविता आलेमगर र जोर्डन राजभण्डारीले अभिनय गरेका छन्। सञ्जित श्रेष्ठद्वारा छायांकन गरिएको म्युजिक भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्