फिल्म हेरेर नयाँ वर्ष मनाउन हलमा ओइरिए दर्शक



नेपालीहरूमा नेपाली नयाँ वर्ष मनाउने लहर यसपटक राम्रै देखियो। खासगरी अंग्रेजी नयाँ वर्षलाई धुमधामका साथ मनाउने दर्शक यसपालि भने नेपाली नयाँ वर्ष मनाउन उत्साहित रहेको पाइयो। नयाँ वर्षको दिन आइतबार नेपाली फिल्म लागेका हलहरूसमेत भरिभराउ देखिए। जसको प्रत्यक्ष फाइदा गत शुक्रबारबाट रिलिज भएका २ फिल्म ए मेरो हजुर ३ र यात्रा ः म्युजिकल भ्लगलाई मिल्यो। ए मेरो हजुर ३ ले शुक्रबारदेखि नै आक्रामक व्यापार गरेको पाइएको थियो भने नयाँ वर्षका दिन यात्राले भरपुर दर्शक पायो।

आइतबार देशैभर दुवै फिल्म हेर्नका लागि दर्शकले हलमा तँछाडमछाड गरेको पाइएको छ। आइतबार दुवै फिल्मले हल हाउसफुल हुने पुगेका थिए भने टिकटको अभाव हुन पुगेको थियो। शुरूमा विदेशी फिल्मलाई प्राथमिकता दिँदै थोरै शोमा खुम्च्याइएका नेपाली फिल्मलाई दर्शक चाप बढ्न थालेपछि मल्टिप्लेक्सहरूले शो बढाएका थिए। ए मेरो हजुर ३ मा अनमोल केसीको कामसँगै डेब्यु गर्ल तथा निर्माता सुनिलकुमार थापा तथा अभिनेत्री, निर्मात्री र निर्देशक झरना थापापुत्री सुहना थापाको कामलाई दर्शकले मन पराएका छन्। स्टार र प्mयानबीचको सांगीतिक प्रेमकथा बुनिएको ए मेरो हजुर ३ लाई झरना थापाले निर्देशन गरेकी छिन्। फिल्ममा अनमोल दोहोरो भँमिकामा छन्।


सम्राट शाक्यको डेब्यु निर्देशनमा बनेको यात्रा ः अ म्युजिकल भ्लगले पनि सकारात्मक प्रतिक्रिया पाएको छ। रिलिजकै दिन शुक्रबार आयोजित विशेष शोमार्फत सेलिब्रेटीको मन जित्न सफल भएको फिल्म दर्शकले पनि मन पराएका छन्।

नयाँ वर्षको शुभकामना दिँदै दर्शकको प्रतिक्रिया लिन हलमा पुग्दा सम्हालिनसक्नु भिड देखेर त्यसका नायक सलिनमान बनिया दंग थिए। सलिनमानसहित यात्रा टिम हलमा आउँदै छ भन्ने थाहा पाएपछि हलहरूमा दर्शकको तँछाडमछाड अभैm बढेको थियो। सलिनमानसँगै हलमा सलोन बस्नेत, मलिका महत, रेअर राई, प्रेक्षा वज्राचार्य, जान्वी बस्नेत, निर्देशक सम्राट शाक्य, निर्माता सुशील पोखरेल, कार्यकारी निर्माता सर्जुमान लिगल, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठलगायत हलमा पुगेका थिए। यससँगसँगै अघिल्लो साता नै रिलिजमा आएको फिल्म लभ स्टेसन चलेका हलसमेत आइतबार दर्शकको भिडले थामिनसक्नु बन्न पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्