कुटपिट गरी हत्या गरको अभियोगमा २ जना पक्राउ



सुनसरी । सुनसरीमा कुटपिट गरी हत्या गरको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको  छ ।

आइतबार राति पुरानो रिसीबीका कारण सोही गाउँपालिकाका २९ वर्षीय शंकर मण्डल र सोही ठाउँ बस्ने २५ वर्षीय बुदु मण्डलले भोक्राहा नरसिंह गाउँपालिका—३ सर्बैया टोल बस्ने ७० वर्षीय जागेश्वर मण्डललाई कुटपिट गरी हत्या गरेको आरोपमा उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्