भूमाफियाले कब्जा गरेको जग्गा खोज्दै सरकार



vf]tL of]Uo hdLg afFem} ;fpgsf] clGtd ;ftf;Dd klg k|ofKt jiff{ gx’Fbf bfªsf] t’n;Lk’/–!) df afFem} /x]sf] v]tL of]Uo hdLg . bfªdf ^% k|ltzt dfq /f]kfOF ePsf] 5 . tl:a/ M afnf/fd v8sf, bfª, /f;;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपूm पनि भ्रष्टाचार नगर्ने र अरुले पनि भ्रष्टाचार गरे नछोड्ने बताउदै आउनुभएको छ । उहाँको यो दुई तिहाइको सरकारलाई आपूmले बाचा गरेका कुरा पूरा गर्नका लागि कुनै पनि किसिमका अप्ठेरो पनि छैन ।

तर केही दिनयता बालुवाटार नजिकैको सरकारी जग्गा व्यक्तिको नाममा सारेको समाचार नेपाली आम सञ्चारका माध्यम र सामाजिक सञ्जालमा प्रकाशन प्रशारण भएपछि उहाँको यो अभिव्यक्तिले हावा खाएको छ ।
आफ्नै पार्टीका महासचिव विष्णु पौडलले समेत उक्त जग्गा खरिद गरेको पाइएपछि यो विषयमा प्रधानमन्त्रीको निर्णय के हुनेछ भन्ने विषयमा आम नागरिकको चासो बढेर गएको छ । पौडेलले उक्त जग्गा खरिद गरेको नभई व्यक्तिको नाममा ल्याउनका लागि सेटिङ मिलाएबापत प्राप्त भएको समाचार पनि सञ्चार माध्यममा प्रेषित भएका छन् ।

मन्त्रिपरिषद्ले व्यक्तिका नाममा सारिएका मुलुकभरका सरकारी जग्गाबारे छानबिन गर्न भूमिव्यवस्था र गृह मन्त्रालयलाई आदेश दिइसकेको छ । तर आफ्नै पार्टीका महासचिव संलग्न भएको विषयमा प्रम ओलीले कारबाही प्रक्रिया अगाडि बढाउनुहुन्छ कि हुन्न भन्ने कुरा चासोको विषय भएको छ ।
केही दिनअघि मन्त्रिपरिषद्ले सरकारी जग्गाको गलत प्रयोग भएको भए त्यसको छानविन गर्न, सरकारी जग्गाको अभिलेख संकलन गर्न र सरकारी जग्गाबारे कस्तो नीति बनाउने भन्नेबारे सुझाव दिन आयोग गठन गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले दिएको त्यस्तो ‘टीओआर’ पूरा गर्ने आयोग कसरी बनाउने भन्नेबारेमा गृह मन्त्रालयसँग भूमि व्यवस्था मन्त्रालयले अनौपचारिक छलफल गरिरहेको बताइएको छ ।

‘बालुवाटारको ललिता निवासको यो घटनापछि अन्त पनि यस्तै भएको छ कि भनेर मन्त्रिपरिषद्ले छानबिन आयोग बनाउने निर्णय गरेको छ’ –सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताउनुभएको छ । आपूmहरुलाई आयोग कसरी बनाउने भन्ने गृहकार्य गर्न निर्देशन आएकाले गृह मन्त्रालयसँग अनौपचारिक छलफल भइसकेको सचिवले बताउनुभयो ।

बालुवाटारको सरकारी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा गरेको भन्दै गृह मन्त्रालयमा उजुरी परेपछि सरकारले छानबिन आयोग बनाएको थियो ।
उक्त आयोगले गत मंसिरमा प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारकै सरकारी जग्गा व्यक्तिका नाममा सारेको तथ्य पत्ता लगाएको उक्त आयोगको सुझावअनुसार सरकारले मुलुकका अन्य भागमा रहेका सरकारी जग्गाबारे पनि छानबिन गर्ने भएको छ ।

उक्त आयोगले बालुवाटारको जग्गा सरकारी भएको निष्कर्ष निकालेको छ ।
त्यो सरकारी जग्गा कसले कसरी व्यक्तिगत नाममा गरेको छ त्यसबारे सीआईबीलाई छानविन गर्न दिनु र मुलकभर यस्ता जग्जा धेरै भएकाले तिनको पनि छानबिन गर्न आयोगले सुझाव दिएको थियो ।

२०१७ सालमा राजा महेन्द्रले सैनिक ‘कू’ मार्फत् सत्तामा आएपछि कांग्रेस नेता सुवर्णशमसेर राणा र उहाँका छोरा कञ्चनशमशेर राणाको नाममा रहेको १४ रोपनी जग्गा राज्यविरोधी काम गरेको आरोपमा पञ्चायती व्यवस्थाको सरकारल जफत गरेको थियो । उहाँको परिवारकै नाममा रहेको २८५ रोपनी जग्गा भने २०२१ सालमा सरकारले मुआब्जा दिएर अधिग्रहण ग¥यो ।

बाँकी रहेका ११३ रोपनीमध्ये धेरै जग्गा भूमाफियाहरूले कानुन उल्लंघन गरी मालपोतका कर्मचारीलाई मिलाएर आफ्ना नाममा नामसारी गरेका छन् । यही ११३ रोपनीमध्यको ८ आना जग्गा आफ्नो नाममा नामसारी गरेको भनेर अहिले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल पनि यो विवादमा मुछिनुभएको छ । उहाँले लिएको भनिएको उक्त जग्गा उहाँका छोरा नवीनको नाममा छ ।

प्रतिक्रिया दिनुहोस्