आज पनि मेघगर्जन सहित वर्षा हुने



काठमाडौं । आज (सोमबार) देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भूभागमा मौसम सफा नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशको पूर्वी तथा मध्य भू–भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू–भागका एक दुर्इ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

त्यसैगरी देशको पूर्वी र मध्य पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र बांकी भु–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी र मध्य पहाडी भू–भागका थोरै स्थान र पश्चिमि पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

प्रतिक्रिया दिनुहोस्