गलकोटमा भीषण वर्षा, दुदिलाभाटी बजारमा खोला पस्यो



बाग्लुङ । आइतवार दिउँसो २ बजेबाट बाग्लुङमा परेको भीषण असिनापानीले स्थानीय त्रसित र आतंकित बनेका छन् ।

बाग्लुङको गौंदीखोला आसपासमा बाढीले खेत बगाएको स्थानीय गुमानसिह बुढाथोकीले जानकारी दिए। दुदिलाभाटी अंग्रेजी स्कूल सहित स्थानीय ईश्वर बुढाथोकी, १ नम्बर वार्ड अध्यक्ष नेत्रबहादुर बुढाथोकी, होमबहादुर नेपालीको घरमा बाढी पसेको छ ।

दुदिलाभाटी उपस्वास्थ्य चौकीमा पनि बाढी पसेको बुढाथोकीले बताए। गौदीखोलाले हटिया प्रहरी चौकी नजिकै रहेको पुल पनि बगाएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ। साझ ७ बजे सम्म पनि निरन्तार मुसलधारे पानी परिरहेको स्थानीयले बताएका छन । असिनाले गहूँ सहित ठुलो मात्रामा तरकारीबाली नस्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्