लुक्ला प्लेन दुर्घटनाको कारण खुल्यो (भिडियोसहित)



काठमाडाैं । आइतबार बिहान लुक्लामा भएको प्लेन दुर्घटनामा नेपाल प्रहरीका दुई जना असईसहित तीन जनाको मृत्यु भएको छ ।

बिहान ९ बजेर १० मिनेटमा काठमाडाैंका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किदा विमानका कोपाइलट सुजित ढुंगाना र धावनमार्गमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको ज्यान गएको हो ।

अर्का एकजना प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाण्डु ल्याइएकोमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

टेकअफका क्रममा रनवेबाट विमान चिप्लिएर पार्किङ गरी राखिएको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

लुक्लाबाट रामेछापको मन्थलीका लागि उडान भर्ने क्रममा भएको दुर्घटनापछि विमानमा आगो लागेको थियो । दुर्घटनामा श्री एयरलाइन्सको हेलिकोप्टरमा पनि आंशिक क्षति पुगेको छ ।

भिडियाे हेर्नुहाेस

https://youtu.be/toGXKnARHsE

प्रतिक्रिया दिनुहोस्