धरानमा बस दुर्घटनाः ४ जनाको घटनास्थलमै मृत्यु, दर्जन बढी घाइते



नेपाल समाचारपत्र, धरान ।

सुनसरीको धरानमा यात्रुबाहक बस बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

भोजपुरबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस दिउँसो सवा १ बजेतिर जिरो पोइन्टमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा चालक, एक बालिकासहित चार जनाको छन्। उनीहरूको सनाखत हुन सकेको छैन।

दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन्। घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्