चितवनमा गैडाको आक्रमणबाट दुई जना गम्भीर घाइते



चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना विदेशी पर्यटक र एक जना नेपाली गाइडर रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
जंगलमा वाकिङका लागि विहान ८ बजे निकुञ्ज भित्र गएका उनीहरु माथि गैंडाले आक्रमण गरेको हो । सौराहाबाट करिब ६ किलोमिटरभित्र दुधौरा भन्ने ठाउँमा घटना भएको जानकारी कार्यालयले जानकारी दिएको छ ।

घाइते विदेशी नागरिकको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । नाम भने खुलेको छैन । उद्धारका लागि निकुञ्जको टोली त्यसतर्फ गएको छ ।

जंगल वाकमा कति जना गएका थिए भन्ने खुलेको छैन । अन्यको अवस्थाका बारेमा पनि जानकारी नपाएको निकुञ्जले जनाएको छ । कार्यालयसँग सम्पर्क गरेर उनी निकुञ्जभित्र गएका थिए ।

प्रतिक्रिया दिनुहोस्