नेपाल समाचारपत्र, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सुन नेपाल भित्र्याउन भारतीय महिलाको प्रयोग हुने गरेको खुलेको छ । करिब ६ किलो सुनसहित ४ जना महिला विहिबार पक्राउ परेसँगै तस्करले अपनाएको नयाँ तरिका बाहिर आएको हो ।
पक्राउ पर्नेमा बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिता रहेका छन् । उनीहरुको साथबाट भेटिएको धातुमध्ये ४ सय ९७ ग्राम सुन भएको पुष्टि भइसकेको र बाँकी सुनजस्तै पहेलो धातुको परीक्षण भइरहेको एसएसपी सन्दिप भण्डारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ । दिल्लीबाट काठमाडौं आएको ५ किलो ४ सय ग्राम सुन सहित भारतीय महिला पक्राउ परेका हुन् ।
विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी सन्दिप भण्डारीले समाचारपत्रलाई दिएको जानकारी अनुसार गहनाको स्वरूपमा लेप लगाएको अवस्थामा भित्र्याइएको सुन बरामद गरिएको हो।
पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएका थिए ।











प्रतिक्रिया