काठमाडौं, पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरि मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाले जानकारी दिएको छ ।
उक्त प्रणली क्रमशः विकसित भई आगामी शनिबारसम्म कायम रहने बताइएको छ। काठमाडौँ उपत्यकामा आज दिउँसो केहीबेर मौसम खुल्ला भई घाम लाग्ने र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको बताइएको छ ।
राति देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही पश्चिमी भू-भागका एक–दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ। शुक्रबार देशका मध्य भू(भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याइएको छ। उच्च हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री र अधिकमत तापक्रम २६ दशमलव ६ डिग्री सेल्सियस छ।
यस्तो रहन्छ आगामी तीन दिनको मौसम
चैत्र २१ गते (बिहिबार)
दिउँसोः देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू(भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी र मध्य भू-भागका थोरै स्थानमा तथा पश्चिमी भु(भागका १(२स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।
रातिः देशको पुर्वी र मध्य भु(भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भूभागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भूभागका थोरै स्थानमा, पश्चिमी भु–भागका १–२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू–भागहरुका एक(दुइ स्थानमा हल्का हिमपातको संभावना देखिन्छ।
चैत्र २२ गते (शुक्रबार)
दिउँसोः देशको पुर्वी र मध्य भु(भाग लगायत पश्चिमी पहाडी भू(भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू(भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू(भागका केहि स्थानमा, पश्चिमी भु(भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू(भागहरुका केहि स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।
रातिस् देशको पुर्वी र मध्य भु(भाग लगायत पश्चिमी पहाडी भू(भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू(भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू(भागका थोरै स्थानमा, पश्चिमी भु–भागका १–२ स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू–भागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।
चैत्र २३ गते (शनिबार)
दिउँसोः देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू(भागहरुका धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।
रातिः देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू(भागहरुका धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।











प्रतिक्रिया