रंगशालाका लागि क्रिकेटमा भिड्दै कलाकार

0
Shares

धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ शनिबार आयोजना हुने मातृभूमि कपबाट उठेको रकमको १५ प्रतिशत आ“धी प्रभावित क्षेत्रमा खर्च गर्ने भएको छ।

फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बारा र पर्सामा हुरीबतास पीडितलाई राहत प्रदान गरेको र निरन्तर अभियान चलिरहने जानकारी गराउ“दै रंगशाला निर्माणको काम पनि अगाडि बढाउने जनाएका छन्। आ“धी गएको भोलिपल्टै तराई पुगेका धुर्मुसले फाउन्डेशनका तर्फबाट ४ सय पीडित परिवारलाई राहत वितरण गरेका थिए। राहत वितरणका लागि तराई पुगेका धुर्मुसले पुनर्वासका लागि जतिसक्दो छिटो सम्बन्धित निकायको ध्यान जानुपर्ने जनाएका छन्।

फाउन्डेशनले चितवनमा बनाउने रंगशालाको सहयोगार्थ आयोजना हुने मातृभूमि कपको भव्य तयारी भइरहेको छ। टिमलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिइरहेका छन्। कलाकारका तर्फबाट पूर्व खेलाडीसमेत रहेका कमल मैनाली र सुनिल थापासमेतले प्रशिक्षण दिइरहेका छन्।

अहिले अभ्यास खेलमा सुनिल थापा, बद्री पंगेनी, कुमार कट्टेल, सन्दीप क्षेत्री, राजु ढकाल, घनश्याम गौतम, सन्तोष लामा, सरोज खनाल, दयाहाङ राई, निश्चल बस्नेत, हेमन्त शर्मा, हेमन्त राना, सुरज सिंह ठकुरी, राजा राजेन्द्र पोखरेल, अर्जुन घिमिरे ‘पा“डे’, निर्मल शर्मा, अनुराग कु“वर, कृष्ण काप्mले र सलिनमान बनिया दैनिक उपस्थित भइरहेका छन्। खेल शनिबार कीर्तिपुर मैदानमा हुनेछ।