दोेस्रो मेयर कपको उपाधि माथि गोलबजारको कब्जा



सुभेन्द्र दास लाहान, सिरहा ।
दोस्रो गोलबजार मेयर कप फूटवल प्रतियोगिताको उपाधि सह आयोजक गोलबजार प्रतिभा संरक्षण क्लवले हात पारेको छ । विरगंज युनाईटेट क्लव पर्सासँग सोमबार भएको फाईनल खेलमा ०–१ को अन्तरले गोलबजारले उपाधी हात पारेको हो । गोलबजारका लागि १० नम्वरको जर्सिमा खेलेका आईभरी पोष्टका खेलाडी वुफानोले गोल गरेका थिए ।

खेलको दोस्रो हाफाको २२ औं मिनटमा उनले आकर्षक गोल गरेका थिए । गोलबजार प्रथम हुँदै २ लाख २२ हजार दुई सय दुई रुपैयाको पुरस्कार सहित ट्रफि प्राप्त गरेको छ । भने दोस्रो हुने टिमले १ लाख ११ हजार १ सय १ रुपैयाँ सहित ट्रफि प्राप्त गरेका छन्।

खेल अवधिभरका सर्वोत्तकृष्ट खेलाडी गोलबजारका लागि बुफानोलाई गोलबजारका मेयर देवनाथ साहले १२ हजार नगद प्रदान गरेको छ । आजको खेलमा म्यमन अफ दि म्याज गोलबजारका लागि निश्चल लानामालाई गोलबजार नगर पालीकाका प्रवक्ता उमेश बरालले नगद ५ हजार प्रदान गरेका थिए । सर्वाधिक गोलकर्ताको उपाधि विवेक चौधरीलाई प्रदान गरिएको छ। विजयी टिमलाई नगद र पुरस्कार प्रदेश नं। २ का सासंद रामकुमार यादवको हातबाट प्रदान गरिएको थियो । चैत १० गतेबाट सुरु भएको खेलमा देशका विभिन्न ठाउँका ८ वटा टिम सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्