नेकपाको श्रद्धाञ्जली सभा आज



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दिगंवत पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा गर्दैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको श्रद्धाञ्जली सभा मध्यान्ह् १२ बजेदेखि शुरु हुने नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो ।

सभामा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलगायत सम्पूर्ण नेता कार्यकर्ताको उपस्थिति रहने गैरेले जानकारी दिनुभयो । दिगंवत दुवैजनाले नेपालको राजनीतिक इतिहास र विकासमा पु¥याएको योगदानको कदर गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरिएको उहाँले बताउनुभयो ।

नेपालको समृद्धिमा आफ्नो गाउँ आफै बनाऔँ भन्ने नारासहित थालिएको भरतमोहनको अभियानले निकै लोकप्रियता पाएको थियो । उहाँ अर्थमन्त्री भएकै बेला नेपालमा बृद्धभत्ता लागू गरिएको थियो । यता, स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारी समेत पछिल्लो पुस्ताका लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँले नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य सुधारका योजना अगाडि सार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्