फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गर्ने सूचना भ्रामकः सरकार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल पूर्ण रुपमा बन्द गर्ने भनिएको सूचना गलत र भ्रामक भएको बताएको छ ।

आइतबार विज्ञप्ति जारी गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कसैले भ्रम फैलाउने उद्देश्यले यस्ता सूचना सम्प्रेषण गरेको बताएको छ ।

विज्ञप्तिमा मन्त्रालयबाट कुनै पनि सामाजिक सञ्जाल बन्द गर्नेसम्बन्धी सूचना प्रकाशित नभएको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानूनी कारवाही गर्न प्रक्रिया शुरु भैसकेको तथा सामाजिक सञ्जाल सञ्चालकलाई त्यस्ता भ्रामक सूचना सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरिसकेको बताईएको छ ।

सरकारले उक्त सूचना सेयर गर्ने, पोष्ट, रिपोष्ट, लाइक गरेको भए हटाउन आग्रह गरेको छ ।

विज्ञप्तिः