खाँचो नैतिक शिक्षाको



बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारी र अन्यप्रति देश विदेशबाट श्रदाञ्जली श्रदाञ्जली व्यक्त गर्ने क्रम अझै रोकिएको छैन । रोकियोस पनि कसरी, अकल्पनीय घटना भएसी । बुधवार र विहीवार त मौसमले पनि शोकै मनायो ।

सो दुर्घटनाले सत्तापक्ष र प्रतिपक्ष अनि दुर्लभ दलहरुलाई पनि एउटै कित्तामा उभियाएको छ । सबैले श्रद्धा र दुःख व्यक्त गरेका छन् । धेरैको मन सफा भएर के गर्नु, यही घटनाबारे केही व्यक्तिहरु आफूलाई अर्कै ग्रहका हौ भनेझै गर्न थाल्या छन् भन्या । शोक र दुःखमा त शत्रु पनि झुक्छ भन्छन् तर केही उरन्ठेउलाहरु यस्तो स्वीकादैनन् ।

दिवंगतहरु प्रति सामाजिक सञ्जाल मार्फत व्यङ्ग्य बाण प्रहार गर्नेहरु देख्दा लाग्छ कि उनीहरु अजम्बरी हुन्, उनका घर परिवार अनि नातागोतामा कोही दिवंगत हुँदैन । अरुको मामलामा न्यायधिश बन्ने, नैतिकता र नैतिक शिक्षा अरुलाई सिकाउने तर आफैले कार्यान्वयन नगर्नेहरुलाई के भनौ र खै ?

सामाजिक सञ्जालको चरम दुरुपयोग भएको देख्दा सरकारले उम्रेदेखि खुम्रेसम्मका, बौद्धिक हुन् या कखरा नबुझ्ने हरेकलाई नैतिक शिक्षा पढाउन मात्रै होइन, पढ्न पनि अनिवार्य गर्नै पर्ने देखियो ।

प्रतिक्रिया दिनुहोस्