सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरको भवनमा आगलागी


काठमाडौं । सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरभित्र रहेको एक भवनमा मंगलबार विहान आगलागी भएको छ ।

सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित जिल्ला अदालत रहेको पुरानो भवनमा आगलागी भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

भवन पुरानो र जीर्ण भएकाले प्रयोगमा आएको थिएन । भवनको भुइँतलामा भएको आगलागी भर्खरै नियन्त्रणमा आएको आएको छ । आगलागीबाट के कति क्षति भयो भन्नेबारेमा विस्तृत जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।