त्रिज्योति कपमा २२ टोली



काठमाडौं, (नेस)
त्रिज्योति माविको आयोजनामा त्रिज्योति कप अन्तरविद्यालय फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा २२ ब्वाइज टोलीको सहभागिता रहने त्रिज्योतिका मानार्थ प्राचार्य भगवान अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ८ समूहमा विजभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष दुई टोली प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

सिक्स ए साइडको स्वरुपमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने त्रिज्योतिका भाइस प्रिन्सिपल गणेशकुमार मिश्रले जानकारी दिए । प्रतियोगिताका खेलहरु कपनको फैकास्थित आयोजककै हातामा हुनेछ । त्रिज्योति २५ औं वर्ष प्रवेशको अवसरमा हुन लागेको प्रतियोगिताको फाइनल पुस ५ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्