स्थानीय तहमा टेलिफोन सेवा



नेपाल समाचारपत्र, पर्वत
सदरमुकाममा मात्रै सीमित नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट सेवा अब ग्रामीण क्षेत्रमा विस्तार हुने भएको छ ।
सेवा विस्तार गर्न जिल्लाका सबैजसो स्थानीय तहमा प्राविधिक टोली र उपकरण पु¥याइसकेको टेलिकमको पर्वत शाखाले जनाएको छ ।

स्थानीय तहको व्यवस्था कार्यान्वयनस“गै गाउ“ गाउ“मा खुलेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा व्यावसायिक कारोबारका लागि ल्यान्डलाइन फोन र इन्टरनेटको माग छ ।

माग अनुसार स्थानीय तह कार्यान्वयन भएको डेढ वर्षको अवधिमा जिल्लाका दुई बाहेक सबै स्थानीय तहमा फोन र इन्टरनेटको सेवा विस्तार भइसकेको शाखाका निमित्तप्रमुख केशव भुसालले जानकारी दिनुभयो ।उहा“का अनुसार पैयु“मा, मोदी र जलजला गाउ“पालिकामा टेलिकमका सबै सुविधा पु¥याइएको छ  ।

माग भएका सबै स्थानीय तहमा हाम्रा सेवा पुगेका छन्’ उहा“ले भन्नुभयो ‘अहिले हामी फलेवासमा काम गर्दैछौं । प्राविधिक काम सकेर तिहारभित्रै सेवा दिने तयारी साथ लागेका छौं ।’ फलेवासको मुख्य बजार देवीस्थान, खानीगाउ“, राहाले, कमलेबजार र मुडिकुवा लगायतमा दुई सयवटा ल्यान्डलाइन फोन वितरण गर्न लागिएको उहा“ले बताउनुभयो ।

यसअघि टेलिकमले पैया, मोदी र जलजला गाउँपालिकामा समेत ल्यान्डलाइन सेवा विस्तार गरिसकेको जनाएको छ । सदरमुकाम कुश्मामा पुरानै सेवा छ । टेलिकमका अनुसार कुश्मामा ल्यान्डलाइन प्रणालीको फोनका करिब १ हजार ५ सय उपभोक्ता छन्।

त्यस्तै पैयुँमा दुई सय, जलजलामा १ सय ५० र मोदीमा तीन सय लाइन फोन विस्तार गरेको छ । ल्यान्डलाइन टेलिफोनसँगै एडीएसएल इन्टरनेट वितरण गर्ने भएकाले उपभोक्ताको माग बढेको टेलिकमका प्राविधिक बताउ“छन।‘

टेलिफोनभन्दा इन्टरनेटको माग बढी आएको छ,’ प्राविधिक जगन अधिकारीले भन्नुभयो ‘फोनको पैसाले इन्टरनेट चलाउन सकिने भएकाले उपभोक्ता इन्टरनेटका लागि फोनको माग गर्छन्।’

घरघरै टेलिफोन र इन्टरनेटको सहज भएपछि यसअघि सञ्चारका लागि मह“गो शुल्क तिर्दै आएका उपभोक्ताहरु खुशी छन् ।फोनका लागि घण्टौं हि“डेर कुश्मा पुग्नुपर्ने अवस्था थियो’ फलेवास ६ खानीगाउ“की इन्द्रावती क्षत्रीले भन्नुभयो, ‘हातहातै मोबाइल भएर सजिलो थियो । अब घरघरै इन्टरनेट भएपछि झनै सहज हुने भयो ।’

विदेशिएका परिवारका सदस्य र टाढा रहेका आफन्तस“ग कुराकानी गर्न सहज हुने भएपछि अहिले गाउ“मा फोन लाइन जडानमा चासो बढेको छ । देवीस्थानका पूर्णकुमार श्रेष्ठले घरघरै टेलिफोन र इन्टरनेट आउने खबरले खुसी लागेको बताउनुभयो। टेलिकमले ल्यान्डलाइन सेवा नपुगेका गाउ“मा समेत वाईम्याक्सको इन्टरनेट विस्तार धमाधम भइरहेको जनाएको छ ।‘

पहिला सीमित डाटा थियो,’ निमित्त प्रमुख भुषालले भन्नुभयो ‘अहिले वाईम्याक्समा पनि अनलिमिटेड सर्भिस सुरु गरिएको छ ।’ सय वटाभन्दा बढी टेलिफोन र इन्टरनेट सेवा माग भएमा ल्यान्डलाइन सेवा विस्तार गरिने टेलिकमले जनाएको छ । त्योभन्दा कम माग भएमा ताररहित वाईम्याक्स इन्टरनेट विस्तार गर्ने योजना रहेको भुषालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्