क्याट यूकेले ह्यारो फुटबल क्लबमा च्यारिटी कार्यक्रम गर्ने

0
Shares

सञ्जयभक्त कँडेल, बेलायत । चितवन घर भई बेलायतमा बस्दै आएका नेपालीहरुको महत्वपूर्ण संस्था क्याट यूकेले आगामी डिसेम्बर – २ आईतबारका दिन ह्यारो फुटबल क्लबमा च्यारिटी कार्यक्रम गर्ने भएको छ ।

संस्थागत रूपमा बलियो अनि बेलायतमा पनि सम्मानजनक स्थान लिन सफल क्याट यूकेको यो पहिलो च्यारिटी भने होइन । चितवन एड ट्रष्ट,यूकेलाई छोटकरीमा क्याट यूके भन्ने प्रचलनमा ल्याइएको हो ।

सन २००४ मा स्थापना भई विशेषत : शिक्षा , स्वास्थ्य र प्राकृतिक प्रकोपमा चितवनवासीहरूको साथ दिदै आएको क्याट यूके बेलायतमा पनि विवादरहित सफा संस्थाको अग्रस्थानमा आउने गरेको छ ।

सन २०१४ बाट बेलायतमा कम्पनि ऐन अन्तर्गत बैधानिक रुपमा दर्ता भई च्यारिटीको लागि आवश्यक सम्पूर्ण प्रशासनिक कार्य सकेको क्याट यूकेले डिसेम्बर ,२ मा हुने च्यारिटी तथा विशेष कार्यक्रमका लागि समाजसेवी शान्ताविनोद लामिछानेलाई संयोजक तोकेको छ ।

स्थापनादेखि छ वटा अध्यक्ष दिइसकेको क्याट यूकेका वर्तमान सातौ समितिका अध्यक्ष देवेन्द्र श्रेष्ठ हुन भने उपाध्यक्षहरूमा भगवती रानाभाट , जिवन सेन र यादव श्रेष्ठ , महासचिवमा राजेन्द सुवेदी ,कोषाध्यक्ष रमेश श्रेष्ठ , उप महासचिव शालिक सापकोटा , सह कोषाध्यक्ष दिपेन्द्र अधिकारी , सदस्यहरु क्रमशः राजु आचार्य , शिव भण्डारी, मदनकुमार श्रेष्ठ , भिम सापकोटा , तारा अर्याल , उपेन्द्र पौडल , आनन्द धरेल , पार्वती न्यौपाने , सूर्य तामाङ्ग , विकाश सापकोटा र रघु ढकाल रहेको उन्नाईस सदश्य क्याट यूकेको वर्तमान कार्य समितिका उपलब्धि मुलक कार्य अन्तर्गत सम्पन्न हुन लागेको च्यारिटी कार्यक्रम सफल हुने पक्का पक्की रहेको छ ।