गोवंशको संरक्षण अपरिहार्य

0
Shares

काठमाडौ (नेस) । दिपावली, लक्ष्मीपूजा तथा गाईतिहारको उपलक्ष्य पारेर गौ सेवा कोषले पृथ्वी, पृथ्वीमा रहेका मानवजाति सहित सबै प्राणी एवं वातावरण र प्राकृतिक संपदा सबैको सुरक्षाको लागि स्थानीय जातिका गोवंशको संरक्षण अपरिहार्य रहेको भन्दै सबैको ध्यान आकर्षण गरेको छ ।

कोषका सदस्यसचिव नरबहादुर सुनारले जारी विज्ञप्तिमा मानवजीवनको लागि अति महत्त्वपूर्ण भूमिकामा रहेका स्थानीय जातिका गोवंश वर्तमानमा अत्यन्तै अपहेलित, अपमानित, वेवारिसे र असुरक्षित हुँदै गएको र शास्त्रोक्त गुणलक्षण सम्पन्न वास्तविक लक्ष्मीस्वरूपा गाईको वंशलोप हुने खतरा बढेको तर्फ चिन्ता व्यक्त गरिएको छ ।

विज्ञप्तिमा जलवायुमा आएको परिवर्तनलाई नियन्त्रण गरी सन्तुलनमा ल्याउन स्थानीय जातिका गोवंशको संरक्षण अनिवार्य रहेको तथ्यमा वैज्ञानिकहरू पुगेको कुरालाई कोट्याउँदै गोवंशको संरक्षणमा ध्यान पुर्याउन नसकेमा समग्र पृथ्वी र जीव एवं वनवनस्पति जगत नै खतरामा पर्ने कुरा विभिन्न अध्ययन अनुसन्धानले वैज्ञानिक रूपमै पुष्टि भइसकेको दाबी गरेका छन् ।

स्थानीय जातिका गोवंशको संरक्षण तथा वंशवृद्धि र गौ क्षेत्रलाई आत्मनिर्भर गराउने उद्देश्य राखेर गौ सेवा कोषको स्थापना गरिएको जानकारी गराउँदै सुनारले सो कोषमार्फत देश भरीका स्थानीय जातिका गोवंशको संरक्षणको लागि जुट्न आमसर्वसाधारण सबैलाई आह्वान गरेका छन् । ‘