भक्तपुर, (नेस) । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस भित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नु परेको बताउन्ु भएको छ । दिपावली, नेपाल सम्वत् २०३९ तथा छट पर्वको अवसरमा नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदान प्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा बोल्दै उहाँले उहाँले यस्तो बताउनु भएको हो ।
सभापति देउवाले नेपाली काँग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टी भित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नु परेको बताउनुभयो । काँग्रेस एक अर्कालाई हराउँने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिंगो पार्टीले हार व्यहोनुर्् परेको बताउँदै उहाँले काँग्रेस भित्र पार्टीले जसलाई टिकट दिएपनि जिताउँनु पर्छ भन्ने संस्कार बसाल्नु अतिआवश्यक रहेको भनाई राख्नुभयो ।
चुनावमा भएको हारबाट नेपाली काँग्रेसले धेरै ठूलो पाठ सिक्नु पर्ने चर्चा गर्दै सभापति देउवाले हारबाट हतोत्साही र निरशा नभई अबको चुनावमा जीतमा परिणत गर्नु पर्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो–“नेपाली काँग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टी भित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नु पर्यो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो । ”
काँग्रेस एक अर्कालाई हराउँने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिंगो पार्टीले हार व्यहोनुर्् परेको बताउँदै उहाँले काँग्रेस भित्र पार्टीले जसलाई टिकट दिएपनि जिताउँनु पर्छ भन्ने संस्कार बसाल्नु अतिआवश्यक रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा उहाँले जयनेपाल स्मारिकाको विमोचन गर्नुका साथै काँग्रेसका नेताद्धय राजनकाजी त्वाती र पवन भुजुलाई सम्मान गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले नेपाली काँग्रेसलाई सांगठानीक रुपमा एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सचिव उद्धव सिलवाल, जिल्ला सचिव निशान ढुङ्गेल, क्षेत्र नं. १. का सभापति जीवन खत्री, क्षेत्र नं. २ का सभापति नारायण खायमाली, तरुण दलका जिल्ला अध्यक्ष राजु थापा लगायतले नेपाली काँग्रेसलाई सांगठानीक रुपमा एकताबद्ध बनाएर लैजानु पर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।











प्रतिक्रिया