मुन्नी सम्मानित


काठमाडौं, (नेस)बेलायतको ओर्चेस्टरमा भएको विश्व उमा कुङफु च्याम्पियनसिपकी स्वर्ण विजेता मुन्नी सुवेदी लामा तामाङ सम्मानित भएकी छन् ।

गल्कोट समाज, युकेले आफ्नो दोश्रो वार्षिकोत्सवका अवसरमा ओर्चेस्टरमै आयोजना गरेको कार्यक्रममा मुन्नीलाई पदक जितेर राष्ट्रको पहिचान अभिबृद्धि गरेकोमा सम्मान गरेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् ।

प्रतियोगिता अक्टोबर ८ देखि ७ तारिखसम्म भएको थियो । बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी र गल्कोट समाजका अध्यक्ष राजु कँडेलले मुन्नीलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे । मुन्नीले गत अगष्टमा जर्मनीमा भएको १२ औं विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि कांस्य जितेकी थिइन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।