युगेन र सकुर दोश्रो चरणमा

0
Shares

काठमाडौं, (नेस)
चाकुपाटका युगेन महर्जन र नागबहालका सकुर शाक्य “१० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिताअन्तर्गत दोश्रो चरणमा प्रवेश गरेका छन् । महर्जनले दथुलंका सौरेन ब्यञ्जनकारलाई २१–१२ र २१– ७ ले तथा शाक्यले भिन्छेबहालका विशोन बज्राचार्यलाई २१–१०, २१–१८ले पराजित गरे ।

यस्तै प्रयाग पोखरीका पुजन चित्रकारले नागबहालका सम्यक शाक्यलाई २१–९, २१–१५ले, नागबहालका पुजन शाक्यले दथुलंका अमोघ शाक्यलाई २१–७, २१–११ले, ओकुबहालका सम्यक शाक्यले दथुलंका रहिस बज्राचार्यलाई २१–३, २ज्ञ–८ ले तथा नागबहालका परास्कृत शाक्यले दथुलंका रिभास बज्राचार्यलाई २१–१७, २१–१९ले पराजित गर्दै दोश्रो चरणको यात्रा तय गरे ।

 

Skip This