पहिलो खेलमा पोखरा र विराटनगर भिड्दै

0
Shares

विजय नेपाली, पोखरा
क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा आजदेखि पोखरा प्रिमियर लिग (पीपीएल) शुरु हुन लागेको छ। पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेका छन्। उद्घाटन खेलमा पोखराको घरेलु टिम पोखरा पल्टन र विराटनगर टाइटन्स भिड्ने भएका छन्। बिहीबार नै पीपीएल लिगको शिल्ड तालबाराही मन्दिरमा सार्वजनिक गरिएको छ। प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन्।

चितवन राइनोजको टोली स्वामित्व युवा व्यवसायी राहुल महरा र मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का रहेका छन्। त्यसै गरी विराटनगर टाइटन्स् टोली स्वामित्वमा पूर्वक्रिकेटर तथा व्यवसायी पारस लुनिया तथा मार्की प्लेयरमा विश्व चर्चित सन्दीप लामिछाने छन्। बुटवल ब्लास्टर्सको टोली स्वामित्वमा रामबहादुर विष्ट र मार्की प्लेयरमा सोमपाल कामी रहेका छन्।

यसैगरी पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेली र मार्की प्लेयर शरद भेषवाकर रहेका छन्। एक्सपर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छन्। हुलास काठमाडौँ रोयल्सको टोली स्वामित्वमा राज्यलक्ष्मी गोल्छा र मार्की प्लेयरमा ज्ञानेन्द्र मल्ल रहेका छन्।

आयोजक क्विन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले क्रिकेट खेलको विकासमा पीपीएलले ठूलो योगदान पुर्याउने बताए। उनले भने– ‘नेपालकै पर्यटकीय नगर पोखरामा पोखरा प्रिमियर लिग कात्तिक ९ देखि २० गतेसम्म आयोजना गर्दै छौँ। हामी यसको अन्तिम तयारीमा छौँ। प्रतियोगितानजिक आइसकेकाले स्वाभाविक रूपमा व्यस्त नै छौँ।’

‘मुम्बईबाट क्युरेटर मगाएर चार स्थानमा पिच गरिसकेका छौँ। कीर्तिपुरबाट ग्राउन्ड स्टाफ लगेर आउटफिल्ड गरिसकेका छांै यो नेपालकै दोस्रो उत्कृष्ट क्रिकेट मैदान हो, दर्शकका लागि अस्थायी प्यारापिट निर्माण पनि सकिएको छ।’ –निर्देशक लामाले भने। पोखरा रंगशालाबाट माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला स्पष्ट देखिने र पीपीएलमा अन्तर्राष्ट्रिय खेलाडीको पनि उपस्थिति हुने भएकाले विश्वमै पोखरा बारे राम्रो सन्देश जाने लामाको भनाइ छ।

Skip This