नेपालको सानदार जित

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
उपाधि जित्ने लक्ष्य लिएको नेपाली युवा टोलीले साफ यु १५ फुटबल च्याम्पियनसिपमा जितबाट शुरूआत गरेको छ।

सातदोबाटोस्थित एन्फाको मैदानमा बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलअन्तरले हराएको हो। नेपालका लागि जान लिम्बू र नमस थापामगरले पहिलो हाफमा एक–एक गोल गरे। त्यस्तै दोस्रो हाफमा शंशाक बोहोरा र दिपेश राईले एक–एक गोल थपेका थिए। योसँगै नेपालले समूहमा ३ अंक जोडेको छ।

जानले २८औं मिनेटमा प्राप्त पेनाल्टी किकको सदुपयोग गरेर नेपाललाई १–० को अग्रता दिलाएका थिए। रोकश विश्वकर्मालाई माल्दिभ्सको डिबक्समा लडाएपछि नेपालले पेनाल्टी प्राप्त गरेको थियो। त्यस्तै ३८औं मिनेटमा नमसले गोल थपेर आयोजकको टोलीको अग्रता दोब्बर पारे।

यसैगरी शंशाकले ६३औं मिनेटमा गोल गरेर नेपाललाई ३–० ले अगाडि बढाए। त्यसको ७ मिनेटपछि सब्सीच्युट खेलाडी दिपेशले अर्को गोल थपेका थिए। दिपेश नमसको स्थानमा ६३औं मिनेटमा मैदान उत्रेका थिए। यसअघि उद्घाटन खेलमा पाकिस्तानले भारतलाई २–१ गोलअन्तरले स्तब्ध तुल्याएको थियो। समूह ए मा रहेको नेपालले दोस्रो खेलमा कात्तिक १२ गते बंगलादेशविरुद्ध खेल्नेछ।

Skip This