डमरु बेचिँदै



पेरिस, (एजेन्सी)
फ्रान्सको राजधानी पेरिसको एक उपनगरस्थित एउटा अपार्टमेन्टमा सिंहको डमरु भेटिएको सिलसिलामा एक जना ३० वर्षीय पुरुषलाई पक्राउ गरिएको बुधवार प्रहरीले जनाएको छ।

फ्रेन्च सञ्चार माध्यमले प्रहरीलाई ती व्यक्तिले ६ महिने पोथी डमरु ११ हजार ४ सय ७० अमेरिकी डलरमा बिक्री गर्ने प्रयास गरिरहेको सूचना प्राप्त भएको जनाएको छ। प्रहरीले अचानक छापा मार्दा ती व्यक्ति छिमेकीको घरको दराजमा लुक्दै गरेको तथा डमरु उनको बच्चाको पलङमा भेटिएको बताइएको छ। स्वास्थ्य ठीक रहेका डमरु वन्यजन्तु निकायलाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्