काठमाडौमा शुक्रबार भारी वर्षाको सम्भावना

मौसमविद अर्याल भन्नुहन्छः सकभर घरमै बस्नु


काठमाडौ ।

बिहीबार साझदेखि शुक्रबारसम्म राजधानीमा अति भारी वर्षाको सम्भावना रहेको छ । मौसमविदहरुले उक्तदिन अत्यावश्यक काम बाहेक घारबाहिर ननिस्कन आग्रह गरेको छ ।

सरकारले भोली र पर्सि वागमती, गण्डकी र कोसी प्रदेशको उच्च हिमाली  र पहाडीक्षेत्रमा वर्षाको सम्भावना रहेको छ । वागमती प्रदेशको एकदुई स्थानमा अति भारी सम्मको वर्षाको सम्भावना छ । काठमाडौ उपत्यकामा पनि भारी वर्षा हुने  सम्भावना छ–जल तथा मौसम विज्ञान विभाग मौसम पुर्पानुमान महाशाखाका मौसमविद विनु महर्जनले भन्नुभयो ।
 

उहाका अनुसार वागमती प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । उपत्यकाको हकमा झण्डै भारी वर्षा हुने सम्भावना छ । भारी वर्षा भनेको २४ घण्टामा कुनै स्थानमा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा  भनिन्छ । वरिष्ठ मौसमविद एवं त्रिबि जल तथा मौसमविज्ञान विभागका प्राध्यापक डा. दीपक अर्यालले शुक्रबार उपत्यककामा भारी वर्षाको सम्भावना रहेको बताउनुभयो ।
 

भन्नुभयो–काठमाडौमा सतर्क रहनुपर्छ । भारी वर्षाले उपत्यकाको खोला धेरै ठुलो हुनसक्छ । खोला किनारमा रहेको बस्ती तत्काल हटाउनुपर्छ । शुक्रबार भारी वर्षा भएर शनिबारबाट कम हुदैजाने र आइतबारबाट मौसम खुला रहने उहाको भनाई छ । अत्यावश्यक काम बाहेक शुक्रबार घरबाट बाहिर ननिस्कन उहाले आग्रह गर्नुभयो ।
 

मौसम टर्मिनोलोजी अनुसार २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे अति भारी वर्षा भनिने विभागले बताएको छ ।

२४ घण्टामा १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा र १० देखि ५० मिलिमिटरसम्म पानी परे मध्यम वर्षा भनिन्छ ।  तीन दिनको अवधीमा  देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ । जल तथा मौसम विज्ञान विभागले धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्क रहन भनेको छ । यसैबीच, ‘अर्नब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले सूचना जारी गर्दै कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

प्राधिकरणका  प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अर्नबको प्रभाव यही कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ ।  आज बिहीबारबाट आकाशमा बादल लाग्न शुरु भैसकेको छ ।
सम्भावित विपद्का घटनाबाट जोगिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी र खोलाका किनार एवं बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न तथा विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ ।